तत्काल संसद बैठक बोलाउन कांग्रेसको माग
खबर एक्सप्रेस
२०७७-०१-१७ ०४:५९ मा प्रकाशित
Total Shares: 421
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल संसद बैठक डाक्न सरकारसँग माग गरेको छ।
बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले छिटो संसद बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । संसद बोलाउन ढिलो गर्दा बजेटबारेको छलफल प्रभावित हुने कांग्रेसले तर्क गरेको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले अबिलम्ब संसद बैठक बोलाउनुपर्ने केन्द्रीय समितिले माग रहेको जानकारी दिँदै भने, ‘बजेटबारे छलफल गर्न अब समय ढिलो हुन्छ। अबिलम्ब संसद बैठक बोलाउनुपर्छ ।’बैठकमा प्रतिपक्षी दलको रुपमा भूमिका बढाउनेपर्नेबारे पनि छलफल भएको उनले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस