संसद विघटनविरुद्ध मुद्धा : पाँच सदस्यीय संवैधानिक इजलास गठन
खबर एक्सप्रेस
२०७७-०९-१० १०:३१ मा प्रकाशित
Total Shares: 331
काठमाडौं - सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ वटा रिटहरुमा सुनुवाइ गर्नका लागि पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो नेतृत्वमा पाँच सदस्यीय न्यायाधीशहरूको संवैधानिक इजलास तोकेका हुन्।
संवैधानिक इजलासमा राणासहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्।
बुधबार प्रधान न्यायाधीश जबराको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रारम्भिक सुनुवाइ गरी सो विषयमा संवैधानिक प्रावधानको ब्याख्या गर्नुपर्ने भनी संवैधानिक इजलासमा पठाएका थिए। सोहि आदेशअनुसार इजलास गठन भएको हो।

.gif)



फेसबुक पेज Like गर्नुहोस