काठमाडौं - वैदेशिक रोजगारीका लागि पोर्चुगलमा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ, (एनआरएनए) पोर्चुगलका अनुसार काभ्रेपलाञ्चोक स्थायी घर भई करिव ३ वर्ष अघि पोर्चुगल पुगेका प्रदीप तामाङको गत बिहीबार मृत्यु भएको हो । 

पोर्चुगलको राजधानी लिस्बनस्थित आईपीयो अस्पतालमा उपचाररत तामाङको सोही अस्पतालमा मृत्यु भएको हो ।

उनको अन्तिम दाहासंस्कार आज आईतवार विहान १० वजे सिमितेरियो म्युनिसिपाल दि कामारातेमा गरिने बताइएको छ ।