काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा तीन तहकै सरकारबीच निरन्तर समन्वय, सहकार्य र सहजीकरण गर्दै पूर्ण क्षमतामा उद्धार, खोजी तथा राहत कार्य भइरहेको बताएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले बाढी आएलगत्तैदेखि सरकारले प्रभावित क्षेत्रमा अहोरात्र उद्धार, खोजी तथा राहत कार्यलाई तीव्रता दिएको जानकारी दिएका हुन्।
प्रधानमन्त्री शाहले सरकार विपद्को अवस्थालाई अत्यन्तै गम्भीर र संवेदनशील रूपमा लिएर काम गरिरहेको बताएका छन्।
उनले भनेका छन्, ‘बाढी आएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यलाई कुनै कसर बाँकी नराखी अहोरात्र तीव्र पारिरहेको छ।’
तीनै तहका जनप्रतिनिधि तथा कर्मचारीसँग निरन्तर समन्वय र सहकार्य भइरहेको उल्लेख गर्दै उनले उद्धार तथा राहत कार्यलाई पूर्ण क्षमताका साथ निरन्तरता दिइएको बताएका छन्।
प्रधानमन्त्री शाहका अनुसार राज्यका सबै संयन्त्रलाई प्रभावित क्षेत्रका नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर परिचालन गरिएको छ।

.gif)



