काठमाडौं - देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ३२ हजार ८९० पुगेको छ । 

गत साउन महिनादेखि शुरु भएको डेंगुको प्रकोप सातै प्रदेश अन्तरगतका ७६ जिल्लामा फैलिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार अहिलेसम्म डेंगुका कारण ४२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।