नेपालमा थप १९ जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७८-१२-३० ०५:१३ मा प्रकाशित
Total Shares: 231
काठमाडौं - नेपालमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ४ हजार ७१५ नमुना परीक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भएको छैन भने थप ४९ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५२० रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस