काठमाडौं - बलिउड नायक अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी’ले डिजिटल प्लेटफर्ममा नयाँ रेकर्ड बनाएको छ ।

९ नोभेम्बरमा ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज भएको चलचित्र ‘लक्ष्मी’ले केही घन्टामै भ्यूअरसिपको रेकर्ड तोडेको हो । कोरोना महामारीका कारण हलहरु बन्द भएपछि चलचित्रलाई डिजिटल प्लेटफर्ममा रिलिज गरिएको थियो ।

यस चलचित्रमा अक्षयको साथमा नायिका कियरा आडवाणीको मुख्य भूमिका रहेको छ । यस चलचित्रले प्लेटफर्ममा अहिलेसम्मकै सर्वाधिक धेरै हेरिने चलचित्रको रेकर्ड बनाएको छ । तर, समिक्षक र दर्शकले भने चलचित्रको बारेमा विभिन्न खराव टिप्पणी गरेका छन् ।

यो चलचित्रले बलिउडका स्वर्गीय नायक सुशान्त सिंह राजपूत अभिनित चलचित्र दिल बेचाराको भ्यूअरसिपको रेकर्ड समेत तोडेको बताइएको छ ।