मनास्लु र लुवुचो चढेर स्वदेश फर्किए बहराइनका राजकुमार
काठमाडौं - बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफा दुई हिमाल चढेर स्वदेश फर्किएका छन् । खलिफा मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरेर शुक्रबार दिउँसो स्वदेश फर्किएका हुन् ।
राजकुमार खलिफालाई बिदा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थल पुगेका थिए ।
नेपालमा हिमाल चढ्न राजकुमारसहित १८ जनाको टोली भदौ ३१ गते नेपाल आएको थियो । उनीहरु नेपालमा १ महिना ७ दिन बसेर स्वदेश फर्किएका हुन् ।
राजकुमार खलिफाले नेपालको प्राकृतिक सौन्दर्य र संस्कृतिको प्रशंसा गरेका छन् । उनले बिदा हुने क्रममा विमानस्थलमा भने, नेपालमा आतिथ्यतादेखि लिएर हिमाल आरोहण र अन्य प्राकृतिक सौन्दर्यताको अनुभव साच्चिकै स्मरणीय रह्यो ।’
राजकुमारको टोलीले ८५१६ मिटर अग्लो मनास्लु र ६११९ मिटर अग्लो लोबुचो हिमाल आरोहण गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस