देशभर आठ हजार उम्मेदवारको उम्मेदवारी फिर्ता
खबर एक्सप्रेस
२०७९-०१-१७ ०५:२६ मा प्रकाशित
Total Shares: 235
काठमाडौं - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिव आठ हजार उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिव ८ हजारले फिर्ता लिएको जानकारी दिए ।
उनले अहिले उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरेर सकिएको बताए ।
शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको थियो । स्थानीय तह निर्वाचनको आगामी बैशाख ३० गते सम्पन्न हुँदैछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस