काठमाडौं– काँग्रेसले स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेका १ हजार २ सय स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ ।

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवार, प्रस्ताव, समर्थक र अन्य पार्टीमा गएर उम्मेदवार बनेका र तिनका प्रस्ताव र समर्थक बनेका नेता तथा कार्यकर्तालाई यसअघि नै ३२ जिल्लाका २९८ जनालाई पार्टीबाट ५ वर्षका लागि निष्काशन गरिएको छ ।

कान्तिपुर दैनिकबाट