इराकको क्याम्पबाट विदेशी फर्काउन शुरू
खबर एक्सप्रेस
२०७६-०९-२२ ११:०० मा प्रकाशित
Total Shares: 367
काठमाडौं - इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ–आफ्नो देश फर्काउन थालिएको छ । उक्त क्याम्प सुरक्षाका हिसाबले उच्च जोखिममा पर्छ । क्याम्पभित्र करिब २ सय नेपाली कार्यरत छन् ।
इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको काम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतवारदेखि पठाउन थालेका हुन् ।
आइतवार र सोमवार फर्काइएको टोलीमा नेपाल ७ जना छन् । कान्तिपुर दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस