काठमाडौंका मतदान केन्द्रमा मतदान सामग्री पठाउन सुरू
खबर एक्सप्रेस
४० मिनेट अगाडि
Total Shares: 20
काठमाडौं - फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंका मतदान केन्द्रमा मतदान सामाग्री पठाउन थालिएको छ । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्फत् मतदान केन्द्रमा आवश्यक जनशक्तिका साथै मतदान सामाग्री पठाउन थालिएको हो । फागुन २० गतेसम्म सबै मतदान स्थलमा आवश्यक पूर्वाधार तयार हुने बताइएको छ ।
निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ३२० मतदानस्थल र ८१७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ ।
१० वटा निर्वाचन क्षेत्रमा कूल ७ लाख १० हजार ७०८ जना मतदाता रहेका छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस