रवि लामिछानेको मुद्दामा चितवन अदालतले पनि दियो वारेस सुविधा
काठमाडौं-चितवन जिल्ला अदालतले रवि लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा दिएको छ।
सोमबार (चैत ३०) न्यायाधीश केदारनाथ पौडेलको इजलासले लामिछानेको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो अनुमति दिएको हो।
लामिछानेले आफू बिरामी भई काबुबाहिरको अवस्थामा रहेको र प्रत्येक तारिखमा व्यक्तिगत रूपमा उपस्थित हुन नसक्ने उल्लेख गर्दै अदालतसमक्ष निवेदन दिएका थिए।
अदालतले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट जारी गरिएको स्वास्थ्य परीक्षण रिपोर्टलाई आधार मानेर वारेस राख्न अनुमति दिएको जनाएको छ।
यससँगै अब लामिछानेले मुद्दाको तारिखमा स्वयम् उपस्थित हुनुपर्ने बाध्यता हटेको छ।
चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार मुद्दाको प्रकृति, स्वास्थ्य अवस्था तथा कार्यव्यस्ततालाई ध्यानमा राख्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४को दफा ९५ (२) अनुसार अवधि नतोकी वारेस राख्न अनुमति प्रदान गरिएको हो।
अदालतको आदेशअनुसार सहकारी ठगीसम्बन्धी मुद्दामा अन्तिम फैसला नआउञ्जेल लामिछानेले वारेसमार्फत कानुनी प्रक्रिया अगाडि बढाउन पाउनेछन्।

.gif)




फेसबुक पेज Like गर्नुहोस