वीरगञ्जको मेयरमा गठबन्धनबाट सिंह र एमालेबाट सरावगी
खबर एक्सप्रेस
२०७९-०१-१२ ०७:१७ मा प्रकाशित
Total Shares: 249
काठमाडौं, वीरगञ्ज - सत्ता गठबन्धनबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिंहले उम्मेदवारी दिएका हुन् ।
केही दिनअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर उनी जनता समाजवादीको तर्फबाट मेयरको उम्मेदवार बनेका हुन् ।
यता, नेकपा एमालेबाट मेयरमा विजयकुमार सरावगीले उम्मेदवारी दर्ता गराएका छन् । उनले जनताले आफ्नो अमूल्य मत दिएर आफूलाई जिताउने विश्वास व्यक्त गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस