सानिमा बैंकद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण
काठमाडौं - सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ ।
बैंकका धनगढी शाखाका खातावाला गणेश प्रसाद ओझाको दुर्घटना भई मुत्यु भएकोले उनकोे हकवाला पत्नी कमली पन्त ओझालाई सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख दुर्घटना बीमा रकम एक कार्यक्रमका बीच प्रदान गरिएको हो ।
बीमाको रकम ओझालाई बैंकका तर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख मेघराज खड्का र बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख घनश्याम जोशीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।
बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाख रुपैया सम्मको ६ जटिल रोगको उपचार बीमा, ५० हजार रुपैया सम्मको औषधी उपचार बीमा, १० हजार रुपैया बराबरको ओपिडि सेवा र ५ हजार रुपैया सम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस