कोरोना भाइरसको महामारी : विश्वव्यापी संकटकालको घोषणा
काठमाडौं - चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण तीव्ररुपमा विश्वका धेरै देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले विश्वभरनै संकटकाल (ग्लोवल हेल्थ इमर्जेन्सी) घोषणा गरेको छ ।
केही समय अघि संस्थाको मुख्यालय स्विटजरल्याण्डको जेनेभामा पत्रकार सम्मेलन गर्दै संगठनका प्रमुख डा. टेड्रोस अहानोम घेव्रेएससले चीनमा के भैरहेको भन्नुभन्दा पनि विश्वभरि नै त्यो भाइरस कसरी फैलिरहेको छ भन्ने विचार गरेर संकटकाल घोषणा गरिएको बताए । चीनले कोरोना भाइरस नियन्त्रणको लागि गरिरहेको प्रयास सकारात्मक भए पनि नियन्त्रणमा नआएको उल्लेख गर्दै उनले संकलकालको अर्थ चीनको विरुद्ध लक्षित नभएको बताए । ‘चीनको विरुद्ध होइन, यो समस्या विश्वव्यापी भएकोले हाम्रो चिन्ता र चासो विश्वभर त्यसले थप माहामारी नल्याउओस भन्ने हो’ उनको भनाइ छ ।
उनका अनुसार अहिलेसम्म कोरोना भाइरसको कारण चीनमा २ सय १३ जनाको मृत्यु भैसकेको छ भने १० हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन् । त्यस्तै यो भाइरस अहिलेसम्म विश्वका १८ देशमा फैलिइसकेको छ । ती देशहरुमा अहिलेसम्म एक जनाको मृत्यु नभए पनि ९८ जना संक्रमित भेटिएको र त्यो संख्या तीव्र रुपमा बढ्ने खतरा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यस अगाडि विश्व स्वास्थ्य संगठनले सन् २०१४ र २०१९ मा इवोलाको संक्रमण विरुद्ध, सन् २०१६ मा जिका भाइरसको संक्रमण विरुद्ध, सन् २०१४ मा पोलियोको विरुद्ध र सन् २००९ मा स्वाइन फ्लुको विरुद्ध विश्वव्यापी स्वास्थ्य संकटकाल लागू गरिएको थियो ।
संकटकाल लागूभएपछि विश्वभरिकै देशहरुले एक अर्काेदेशबाट यात्रा यात्रुहरुमाथि विशेष निगरानी राखेर संकास्पद व्यक्तिहरुको उपचार गर्ने व्यवस्था गर्नु पर्नेछ ।
फेसबुक पेज Like गर्नुहोस