काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) दल दर्ताका लागि निर्वाचन आयोग जाने भएको छ ।

राजपाका महन्थ ठाकुर, समाजवादीबाट बाबुराम भट्टराई र उपेन्द्र यादव गरी तीन जना अध्यक्ष रहने गरी जनता समाजवादी दल दर्ता गर्ने तयारी भएको स्रोतले बताएको छ । गत बैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीच पार्टी एकीकरणको सहमति भएको थियो ।

यसअघि नेतृत्व विवादका कारण ४५ भित्र गर्नुपर्ने दल दर्तामा विवाद देखिएको थियो । तर,  स्रोतका अनुसार पाँच जना पदाधिकारी रहने सहमति पछि विवाद मिलेको छ ।