ज्ञानेन्द्र शाहीलाई कारबाही गर्ने युवा संघको चेतावनी
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कास्की जिल्ला राष्ट्रिय युवा संघले ज्ञानेन्द्रबहादुर शाहीलाई जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
पर्यटनमन्त्री योगेश भट्टराईलाई बुद्ध एयरको उडानमा अभद्र व्यवहार गरेकोले शाहीलाई जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरिएको राष्ट्रिय युवा संघ कास्कीले जनाएको छ । पूर्व वाइसिएल तथा युवा संघका अध्यक्षद्वयले संयुक्त विज्ञप्ति जारी गर्दै शाहीलाई कास्की प्रवेशमा निषेध गरिएको बताएका छन् ।
आइतबार भोजराज पौडेल र डिल्लीराम सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ(‘यस्ता गलत अभियानमा संलग्न ज्ञानेन्द्रबहादुर शाहीजस्ता कुपात्रहरुलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गर्ने जानकारी गराउँदै आम न्यायप्रेमी जनसमुदायमा विधिको शासन, पछिल्लो परिवर्तन तथा उपलब्धिको पक्षमा दृढतापूर्वक उभिन अपिल गर्दछौं।’
शनिबार नेपालगञ्जबाट काठमाडौं आउने बुद्ध एयरको उडान मन्त्री भट्टराईलाई पर्खंदा ढिलो भएपछि शाहीसहितको समूहले विरोध जनाएको थियो। उनीहरुले मन्त्री भट्टराईलाई विमानभित्रै प्रश्न सोधेको थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्री भट्टराईको आलोचना भएको थियो।
युवा संघ कास्कीले निकालेको विज्ञप्ति यस्तो छ-
फेसबुक पेज Like गर्नुहोस