देशभर ४१ प्रतिशत मत खस्याे : निर्वाचन आयोग
खबर एक्सप्रेस
२०७९-०१-३० ०२:५५ मा प्रकाशित
Total Shares: 664
काठमाडौं - निर्वाचन आयोगले अपरान्ह दुई बजेसम्म देशभर करिव ४१ प्रतिशत मत खसेको जनाएको छ ।
शुक्रबार बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह निर्वाचनमा दिउँसो २ बजेसम्ममा ४१ प्रतिशत मत खसेको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदानकेन्द्रमा छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको छ ।
स्थानीय तह निर्वाचन अन्तर्गत १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्रमा मतदान भइरहेको छ ।


.gif)




फेसबुक पेज Like गर्नुहोस