नेकपाको स्थायी कमिटी बैठकबारे नीति तथा कार्यक्रमपछि मात्रै छलफल हुने
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकका विषयमा सरकारको नीति तथा कार्यक्रमपछि मात्र छलफल हुने भएको छ ।
शुक्रबार प्रधानमन्त्री सरकारी निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
'आजको बैठकमा स्थायीको बारेमा कुनै निर्णय भएको छैन, सरकारले नीति तथा कार्यक्रमपछि मात्र त्यसबारे छलफल होला' बैठक सकिएर पत्रकारसँग बोल्दै भने, 'यसबारे छलफल आगामी सचिवालय बैठकमा हुन्छ ।'
यसअघि सचिवालय बैठकले वैशाख २४ गते र ३० गते निर्धारण गरेको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।
सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सदस्यहरुको सुझाव मागेका प्रवक्ता श्रेष्ठले बताए ।
फेसबुक पेज Like गर्नुहोस