आउँदो स्थानीय तह निर्वाचनमा १० हजार पर्यवेक्षकले चुनावको पर्यवेक्षण गर्ने
खबर एक्सप्रेस
२०७९-०१-०८ ०४:४९ मा प्रकाशित
Total Shares: 268
काठमाडौं - निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा संस्थालाई अनुमति दिएको छ ।
ती संस्थाका करिब १० हजारभन्दा बढी पर्यवेक्षकलाई तोकिएको मतदानस्थलमा पुगेर पर्यवेक्षण गर्न अनुमति दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
उनीहरुले आफ्नो मतदाता नामावली रहेको मतदान स्थलमा भने पर्यवेक्षण गर्न नपाउने उनको भनाई छ । साथै पर्यवेक्षणको काम सकेपछि उनीहरुले आयोगमा प्रतिवेदन बुझाउनुपर्नेछ ।
फेसबुक पेज Like गर्नुहोस