काठमाडौं - यो वर्ष विजयादशमीको टीकाको साइत मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको छ ।

बडादसैंमा मान्यजनहरुबाट टीका–जमरा थापेर आशीर्वाद लिने चलन छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले साइत नै खोज्नेका लागि १० बजेर ३५ मिनेटको समय उत्तम रहेको जनाएको हो ।

यद्यपि, दुर्गाभवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले हामीसित बताए ।विजयादशमीको दिन देवी विसर्जनको साइत मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा रहेको समितिले जनाएको छ ।