ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
खबर एक्सप्रेस
२०७७-०८-१४ ११:२९ मा प्रकाशित
Total Shares: 323
काठमाडौं - ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले प्रकाउ गरेको छ ।
चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गेलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा पुगेका नेपाललाई प्रहरीले ब्यानरसहित पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको एक उच्च अधिकृतले जानकारी दिए ।
चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदैछन् । उनको भ्रमणलाई लक्षित गरेर काठमाडौको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
फेसबुक पेज Like गर्नुहोस