भक्तपुरको मेयरमा नेमकिपाका प्रजापति निर्वाचित
खबर एक्सप्रेस
२०७९-०२-०२ १२:२९ मा प्रकाशित
Total Shares: 189
काठमाडौं - भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपाका सुनिल प्रजापति निर्वाचित भएका छन्। भर्खरै सम्पन्न मत गणनामा प्रजापति २९ हजार २ सय मतसहित निर्वाचित भएका हुन् । जुन ९ गुणा बढीको मतान्तर हो ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत मात्र प्राप्त गरेका छन् ।
यस्तै, उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९ हजार ६ सय ९५ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४ मत पाएकी छन्।

.gif)




फेसबुक पेज Like गर्नुहोस