सुनको मूल्यमा वृद्धि
खबर एक्सप्रेस
२०७९-०२-०८ ११:०० मा प्रकाशित
Total Shares: 176
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा ७ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आज चाँदी भाउ भने स्थिर छ । शुक्रबार तोलामा एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस