रुकुम पश्चिममा विवाहमा गएका दुई किशोरी मृत भेटिए, एक बेपत्ता
रुकुम पश्चिम - रुकुम पश्चिममा दुई किशोरीहरु मृत फेला परेका छन् ।
मंगलबार जिल्लाको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदी किनारामा मृता अवस्थामा दुई किशोरीको शव फेला परेको हो ।
मृत फेला पर्नेमा बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओली रहेका छन् । उर्मिला र कल्पनाको ५०० मिटर दूरीको अन्तरमा शव फेला परेको हो ।
उनीहरुसँगै गएकी १२ वर्षीया सपना ओली पनि बेपत्ता भएकी छन् । बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरु हिजो छिमेकीको विवाहमा गएका थिए । घर फर्किने क्रममा नदीले बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनास्थलमा प्रहरी टोली पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस