प्रधानमन्त्री ओलीमा कमी कमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन : डा. भट्टराई
काठमाडौं - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमा कमी कमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट नदेखिएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि सासंदले उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले दिएको जवाफपछि भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् । भट्टराईले कोरोना,राष्ट्रियता,लोकतन्त्रका व्याख्यान सुन्दा प्रधानमन्त्रीमा अल्पज्ञान, अहंकार र भयंकरको ककटेल देखिएको पनि बताएका छन् ।
'प्रम@kpsharmaoli को ३घण्टाको स्पष्टीकरण सुन्दा वहाँमा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन।कोरोना,राष्ट्रियता,लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो।लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो!' भट्टराईले ट्विट गर्दै भनेका छन् ।
फेसबुक पेज Like गर्नुहोस