काठमाडौं - पछिल्लो एक सातामा ४५ हजार मानिस काठमाडौँ भित्रिएका छन् । लकडाउन हुनुअघि तथा लकडाउनकै समयमा पनि बाहिर गएका मानिसहरु सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेर खुकुलो बनाएसँगै काठमाडौँ भित्रिन थालेका हुन् ।

पछिल्लो एक साताको अवधीमा २१ हजार सवारी साधन काठमाडौं  भित्रिएका छन् । ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाको अनुसार अहिले दैनिक औषतमा ३ हजार भन्दा बढी सवारी साधन काठमाडौँ उपत्यका भित्र प्रवेश गर्ने गरेका छन्।

असार १ गते देखि ७ गतेसम्म २१ हजार ८ सय २ वटा सवारी साधन भित्रिएको महाशाखाले जनाएको छ । सात दिनमा असार ६ गते सबैभन्दा धेरै ३७ सय ७५ वटा सवारीसाधन काठमाडौँ  भित्रिएको देखिएको छ।

महाशाखाका अनुसार धेरैजसो अत्यावश्यक सामाग्री बोकेका सवारी साधन काठमाडौँ प्रवेश गर्ने भएपनि  पास लिएर आउने संख्या नै दैनिक ३ सयको हाराहारीमा रहेको छ ।