काठमाडौं - सर्वोच्च अदालतले जनआस्थाका प्रधान सम्पादक पत्रकार किशोर श्रेष्ठलाई छाड्न आदेश दिएको छ ।

न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेको हो ।

यससँगै सर्वोच्चले उनको घर र कार्यालयबाट बरादम गरेका सबै सामान फिर्ता गर्न पनि आदेश दिएको छ।