नेकपा सचिवालय बैठक: ओलीले माफी मागे, वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउने
खबर एक्सप्रेस
२०७७-०१-२० ०८:३९ मा प्रकाशित
Total Shares: 595
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी कमिटी यही बैशाख २५ गते बोलाउने निर्णय गरेको छ ।
आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको नेकपा स्रोतले जनाएको छ । त्यस्तै, उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउने पनि आजको बैठकमा सहमति भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तर्फबाट भएका गल्तीहरुको बारेमा आत्माआलोचना गरेका छन् ।
यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस