जसपाका नेताहरु ‘अपहरण’को जाहेरी दिन सरकारी वकिलको कार्यालय पुगे
काठमाडौं - सांसद डा. सुरेन्द्र यादवको ‘अपहरण’ मुद्धाको जाहेरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु काठमाडौँको जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौँले जाहेरी दर्ता गर्न नमानेपछि उनीहरु सरकारी वकिलको कार्यालय पुगेका हुन् ।
नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्धले पार्टी फुटाउनको लागि यादवलाई वैशाख १० गते अपहरण गरेको भन्दै यादव पार्टीका नेताहरुलाई लिएर बबरमहलस्थित कार्यालय पुगेका हुन् । यादवसँगै राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगातका नेताहरु छन् ।
यादवले आफूलाई जबर्जस्ती काठमाडौं ल्याएको भन्दै अपहरणको मुद्धामा अनुसन्धान गर्न जाहेरी दिन लागेका हुन् । तर, खनाल, श्रेष्ठ र बस्नेतले भने अपहरणको खण्डन गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस