काठमाडौं - आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजार ३०० कायम भएको छ।

सुनको मूल्य घटे पनि चाँदीको भाउ पनि वृद्धि भएको छ। यसदिन प्रतितोला चाँदीको भाउ ४ हजार  १०५ रुपैयाँ तोकिएको छ। शुक्रबार सोही परिमाणको चाँदी ४ हजार ५ रुपैयाँमा खरिदबिक्री भएको  थियो।