सनराइज बैँकले ल्यायो नारी बचत खातामा विभिन्न अफर
खबर एक्सप्रेस
२०७७-०५-०६ ०२:२३ मा प्रकाशित
Total Shares: 350
काठमाडौं - सनराइज बैँकले नारी बचत खाता अफर ल्याएको छ । शून्य मौज्दातमा खाता खोल्न सकिने बैँकले जनाएको छ ।
एक वर्ष निस्शुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट खाता र लकर चार्जमा ५० प्रतिशत छुट एवं कर्जाको प्रक्रियागत खर्चमा छुटको व्यवस्था रहेको बैंकले जनाएको छ ।
महिलाले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत वा २ हजार रुपैयाँसम्म क्यास ब्याकको अफरसमेत रहेको बैंकले जनाएको छ ।
बैंकले महिलालाई प्रविधिमैत्री बनाउने उद्देश्यले यो खाता सञ्चालन गरिएको बैंकको भनाइ छ ।
फेसबुक पेज Like गर्नुहोस