विप्लव नेकपाका इञ्चार्ज पक्राउ
खबर एक्सप्रेस
२०७६-१०-२९ ११:०० मा प्रकाशित
Total Shares: 690
दमौली - नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्णजित पुन रहेका छन् ।
पुनलाई म्याग्दे गाउँपालिका–३ जामुनेबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।
प्रहरीले विप्लव निकट विद्यार्थी सङ्गठनका नेता पर्वत सेढाइँलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका विरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस