काठमाडौं - मौसम पूर्वानुमान  महााशखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । 

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापिय प्रणालीको पनि प्रभाव रहेको छ।

देशको पहाडी भू-भागहरूमा आंशिक वदली बदली रहेको महााशखाले जनाएको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान

शुक्रबार

दिउँसो : प्रदेश १ लगायत अन्य प्रदेशका  पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। प्रदेश १ का थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी तथा मध्य पहाडी तथा तराइका केही भूभागहरुमा हल्का तुंवालो समेत लाग्न सक्ने सम्भावना रहेको छ ।

राती : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। देशका पहाडी भू-भागका एक वा दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

शनिबार

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा  रहने छ। देशका पहाडी भू(भागका एक वा दुइ स्थानमा अपरान्ह पछि मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राती : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। देशका पहाडी भू-भागका एक वा दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

आइतवार

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि समामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा  रहने छ। देशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राती : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशका पहाडी भू-भागका एक वा दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही  पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना  रहको तथा देशका पहाडी तथा तराइ भूभागका केही स्थानहरूमा तुंवालो समेत लाग्ने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।