काठमाडौं - ललिता निवास प्रकरणमा मुछिएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन् ।

सोमबार विशेष अदालतको तारेखपत्रअनुसार उपस्थित भएका पूर्वमन्त्री जोशीलाई न्यायाधीश प्रेमराज कार्की र बालेन्द्र रुपाखेतीको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

गत वर्ष माघ २३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री तथा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएरविशेष अदालतमा मुद्दा दायर गरेको थियो । जसमा जोशीले पनि बालुवाटारको जग्गा हडप्न भूमिका खेलेका दाबी गरिएको छ । जोशीविरुद्ध सात करोड आठ लाख ४८ हजार रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता गरिएकाे थियाे ।