प्रतिनिधिसभा बैठक आज, प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने
खबर एक्सप्रेस
२०७८-०७-११ ०९:५० मा प्रकाशित
Total Shares: 423
काठमाडौं - संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन-२०७७/७८ पेस गर्ने गर्ने सम्भावित कार्यसूची छ।
यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको थियो । तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस