काठमाडौं - नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ बुधबार एक हजार २ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँको दरले घटेको छ । मंगलबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ३७० रुपैयाँमा निर्धारण भएको महासंघले जनाएको छ ।

.gif)



