काठमाडौं - साताको चौथो दिन सुनचाँदीको कारोबार मूल्यमा गिरावट छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ सस्तिएको छ । आज छापावाला सुनको मूल्य १ लाख १६ हजार रुपैयाँ कायम भएको छ।
तेजाबी सुन १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलाको १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

.gif)



