१५ न्यायाधीशद्वारा प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडान कायमै
खबर एक्सप्रेस
२०७८-०७-०९ ०३:०१ मा प्रकाशित
Total Shares: 386
काठमाडौं - सर्वोच्च अदालतका १५ न्यायाधीशको छलफल सकिएको छ ।
सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसो भएको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने अडान कायमै रहेको र बुधबार फेरि बैठक बस्ने निष्कर्ष निकालिएको एक न्यायाधीशले जानकारी दिए ।
सोमबारसम्म १४ जना न्यायाधीश रहेकोमा मंगलबार न्यायाधीश कुमार चुँडाल थप भएका हुन् । प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सुनुवाइ नगर्ने उनीहरूबीच आन्तरिक सहमति भएको छ ।
तर, प्रधानन्यायाधीश जबराले भने आफूले राजीनामा नदिने बरु प्रश्न उठेका सबै न्यायाधीशले सामूहिक राजीनामा दिए आफू पनि तयार रहेको जनाउ दिइसकेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस