१४ वर्षीय किशोरीमाथि बलात्कारकाे आरोपमा एक जना पक्राउ
खबर एक्सप्रेस
२०७९-०८-०९ ०२:५६ मा प्रकाशित
Total Shares: 206
काठमाडौं - दाङमा १४ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ती किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका १७ का १८ वर्षीय किशोरलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा प्रहरी चौकी गोग्लीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस