कञ्चनपुरको बेलौरीमा ‘अति भारी’ वर्षा, सतर्क रहन आग्रह
खबर एक्सप्रेस
६ घण्टा अगाडि
Total Shares: 6
कञ्चनपुर-कञ्चनपुरको बेलौरीमा ‘अति भारी’ वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २०१ मिलिमिटर पानी परेको हो ।
त्यस आसपास अरू स्थानमा पनि ‘धेरै भारी’ पानी परेको छ । वर्षा भइरहेको स्थानमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ ।
२४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस