काठमाडौंमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु
खबर एक्सप्रेस
२०७८-१२-२६ ०१:०५ मा प्रकाशित
Total Shares: 162
काठमाडौं - काठमाडौंको नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा४ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो ।
टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँस्कोटा टिपरका सहचालक हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस