मौसम : पश्चिमी वायु सक्रिय, हिमपात सम्भावना
खबर एक्सप्रेस
२०७६-०७-२१ ११:०० मा प्रकाशित
Total Shares: 1738
काठमाडौं - अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका विभिन्न भूभागमा सामान्यदेखि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कँडेलका अनुसार बुधबार रातिदेखि मध्य र पूर्वी पहाडी भूभागसँगै पश्चिमी भेगमा वर्षा हुने छ ।
हिउँदको सुरुआतसँगै उच्च हिमाली भेगमा हिमपात सुरु हुने मौसम भएकाले सतर्क रहन महाशाखाले भनेको छ ।
गोरखापत्र दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस