वागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०७-०६ ०७:०० मा प्रकाशित
Total Shares: 242
काठमाडौं - वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। रुघाखोकी लागेपछि पौडेलले पीसीआर परीक्षण गरेका थिए। बिहीबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो।
उनी अहिले सुरक्षाविधी अपनाएर होम आइसोलेसनमा बसेका छन्। मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उनका प्रेस सल्लाहकार प्रकाश दाहालले जानकारी दिए।
उनीसँगै उनकी श्रीमती, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा समेत कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
फेसबुक पेज Like गर्नुहोस