कर्णाली विमान खरिदका लागि ३ प्रस्ताव
खबर एक्सप्रेस
२०७६-०८-१६ ११:०० मा प्रकाशित
Total Shares: 526
काठमाडौं - नेपाल वायुसेवा निगमले वोइङ ७५७–२०० एसीबी विमान खरिदका लागि ३ प्रस्ताव गरेका छन् ।
निगमका अनुसार बोइङ खरिदका लागि अमेरिकन कम्पनीमा एभियोन र एमके एभिएसन छ । यसैगरी पोल्यान्डको सीएसबीएसन एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले खरिदका लागि प्रस्ताव गरेका छन् ।
निगमले सोही ३ कम्पनीसँगको समझदारीमा कर्णाली विमान बिक्री प्रक्रिया अगाडि बढाउनेछ ।निगमले वोइङ–७५७ कर्णाली विमान खरिदका लागि ४८ करोड ४५ लाख रुपैयाँमा बिक्री गर्नेका लागि प्रस्ताव आह्वान गरेको छ ।
करिब १ वर्षदेखि बिक्री गर्ने वोइङ–७५७ एसीबी विमान थन्किएर बसेको थियो ।
कारोबार दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस