सुनको भाउ तोलामा ८ सय रुपैयाँले घट्यो
खबर एक्सप्रेस
२०७७-०६-२१ १०:२६ मा प्रकाशित
Total Shares: 323
काठमाडौं - आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा तथा तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कोरोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँमा कोरोबार भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस