काठमाडौं - नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ कीर्तिमान मनाएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ७७ हजार ६०० रुपैयाँ पुगेको हो ।

यसअघि बुधबार सुन तोलामा ७७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।  यस्तै तेजावी सुन तोलामा ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदी तोलामा रु १० बढेर तोलामा ९१५ रुपैयाँमा कारोबार भएको छ ।  सुनको मूल्य अझै बढ्न सक्ने बताइएको छ ।