काठमाडौं - मेडिकल व्यवसायी एवं नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनी पोखराबाट पक्राउ परेका हुन् ।

पोखरा लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा चाउथेबाट उनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । उनलाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।

कांग्रेसको आधिकारिकता विवादमा पैसा खाएर निर्वाचन आयोगले निर्णय लिएको भन्दै उनले सार्वजनिक अभिव्यक्ति दिएपछि आइतबार आयोगले कारबाही प्रक्रियाको अनुरोधसहित साइबर ब्युरोमा पत्राचार गरेको थियो ।