गच्छदारलाई फसाइयो : सभापति देउवा
खबर एक्सप्रेस
२०७६-१०-२६ ११:०० मा प्रकाशित
Total Shares: 284
काठमाडौं - कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सत्तारुढ पार्टी र सरकारको चाकरी नगर्न आग्रह गरेका छन् ।
ललिता निवासको जग्गा प्रकरणमा का्रग्रेस नेता विजयकुमार गच्छदारलाई फसाइएको उनको दावी छ ।
रामेछापको मन्थलीमा शनिवार आयोजित कार्यक्रममा देउवाले भने,‘अख्तियारले कसैलाई चाकरी गरेर उन्मुक्ति दिने र कसैलाई पेलेर मुद्दा लगाउने काम गर्नुहुँदैन ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले युद्धमा फसेको मुलुकलाई शान्तिको बाटोमा ल्याएर संविधान जारी गर्दै विकासमा अघि बढाउन कांग्रेसले अगुवाइ गरेको बताए ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस